७ कार्तिक २०८३, शनिबार

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाइएको छ । फेरि हिन्दू र मुस्लिम समुदायबीच झडप हुने देखिएपछि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

दिउँसो १ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन कर्फ्यु लगाइएको हो ।

आज बिहान मात्रै नेपालगञ्जमा सामाजिक सद्भाव र्‍याली निकालिएको थियो । र्‍यालीमा धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू रहेका थिए ।

तर लगत्तै फेरि सद्वाव भड्किने संकेत देखिएपछि कर्फ्यू लगाइएको हो ।

बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।