
काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्षमता बढेको बताएका छन् ।
मंगलबार १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र भारतबीचको खेल हेरेपछि उनले यस्तो बताएका हुन् ।
फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्ः
मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ । कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।
चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको थियो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । यसअघि भारतले टस जितेर निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।











प्रतिक्रिया