१ कार्तिक २०८३, शनिबार

नेपाल भारतसँग २३ रनले पराजित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

मंगलबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।

भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो ।

यसअघि भारतले टस जितेर निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।