
काठमाडौं, १६ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले आठौं विकेट गुमाएको छ ।
नेपालका सन्दीप जोरा र सोमपाल कामी आउट भएका हुन । सन्दीप २९ रन र सोमपाल ७ रनमा आउट भए ।
यसअघि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए ।
यस्तै कुशल मल्ल २९, कुशल भुर्तेल २९ र आशिफ शेख १० रनमा आउट भएका थिए ।
नेपालले अहिलेसम्म १७.२ ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया