
हेटौंडा, १६ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।
हिजो सोमबार विवादकाबीच स्थगित भएको बैठक आज दिउँसो दुई बजे बस्न लागेको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विवादास्पद चिट्ठा विधेयकको विरोध जनाउँदै बैठक अवरुद्ध गरेको थियो ।

बैठक अवरुद्ध भएपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको हो ।
चिट्ठा विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।
गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।
तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा विवाद भएको थियो ।











प्रतिक्रिया