७ कार्तिक २०८३, शनिबार

पेट्रोल पम्पमा घोटाला प्रकरणमा असई कार्की दोषी ठहर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाल प्रहरीद्वारा सञ्चालित प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा घोटाला गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक दिलिप कार्की दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई दोषी ठहर गरेको हो ।

नक्सालस्थित पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको पुष्टि । उनीमाथि सजाय तोकिन बाँकी रहेको छ ।