२९ आश्विन २०८३, बिहिबार

एमाले कोशी प्रदेश अधिवेशन : बल्ल सुरू भयो मतगणना, को–को छन् प्रतिस्पर्धामा ?

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ असोज । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना बल्ल सुरू भएको छ ।

मतदान आइतबार सम्पन्न भए पनि मत गणना भने बल्ल सुरू गरिएको हो । यसअघि आजै दिउँसो १ बजेदेखि मतगणना हुने भनिएको थियो ।

सात स्थानबाट मतगणना सुरू भएको छ । ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको छ । २१५ सदस्यीय प्रदेश कमिटीमा उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् भने सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ ।