२९ आश्विन २०८३, बिहिबार

एमालेमा अझै १० वर्ष केपी ओलीको विकल्प छैन : पृथ्वीसुब्बा गुरुङ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ असोज । नेकपा एमाले उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प नभएको बताएका छन् ।

आज सोमबार नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई पोखरामा सम्बोधन गर्दै उपमहासचिव गुरुङले कम्तीमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् ।

‘कम्तीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प छैन । केपी ओली हुनुभएन भने राष्ट्रिय स्वाधीनताको यात्रा बिथोलिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ,’ उनले भने । पार्टीभित्र कुनै समस्या नरहेको र अझै १० वर्ष केपी ओलीको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।