
काठमाडौं, १५ असोज । काठमाडौंको गौशालामा आक्रमणमा परेका व्यक्ति काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालक रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि आक्रमण भएको हो । उनीमाथि गोली प्रहार भएको बताइएपनि गोली प्रहार भएको पुष्टि नभएको तर छुरा भने प्रहार भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
छुरा प्रहार गरी फरार हुने क्रममा आक्रमणकारीले छुरा र कटुवा पेस्तोलसमेत खसालेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकाजीको खोजी भइरहेको छ ।
सविरको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।















प्रतिक्रिया