३ कार्तिक २०८३, मंगलबार

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।