
काठमाडौं, १५ असोज । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणनाको समय सरेको छ ।
आज सोमबार बिहान ८ बजेका लागि तोकिएको मतगणना दुई घण्टा पर सरेको प्रदेश निर्वाचन कमिटीले जनाएको छ ।
नेतृत्व चयनका लागि आइतबार दिउँसो पौने २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो ।
यसैगरी एमाले कोशीको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने बताइएको छ ।
गएरातिदेखि सुरू भएको मतदान आज बिहान सकिएको थियो । कोशीमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका थिए ।











प्रतिक्रिया