
दाङ, १५ असोज । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा आज बिहान ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया