२७ कार्तिक २०८३, शुक्रबार

एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतगणना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा (एमाले)को कोशी र कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सम्पन्न भएको छ ।

कोशीमा आज दिउँसोदेखि मतगणना सुरू हुने प्रदेश निर्वाचन कमिटीले जनाएको छ । गएरातिदेखि सुरू भएको मतदान आज बिहान सकिएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना पनि आज हुँदैछ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।

यसअघि एमाले लुम्बिनी र बागमती प्रदेशले भने अधिवेशनबाट नयाँ नेतृत्व पाइसकेको छ । दुवै प्रदेशमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो ।

एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन पनि आज सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अब एमालेको सुदूरपश्चिम, मधेश प्रदेश र उपत्यका विशेष प्रदेश अधिवेशन हुन बाँकी रहेको छ ।