२७ कार्तिक २०८३, शुक्रबार

डाक्नेश्वरी–१ का वडाध्यक्षको निधन

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज (सप्तरी), १५ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आइतबार निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।

घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आइतबार डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित थिए ।