२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: इन्धनको मूल्यवृद्वि फिर्ता, अन्तत: बन्यो उच्चस्तरीय छानबिन समिति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्वि फिर्ता लिने निर्णय गरेको हो । यसअघि नेपाल आयल निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ८ रुपैयाँ बढाएको थियो ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो । सरकारले बढेको मूल्य कार्यान्वयन नगर्ने निर्णय गर्दै पूरानै मूल्यमा किनबेच गर्ने निर्णय गरेको हो ।

दशैँको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–