
विराटनगर, १४ असोज । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
२१५ सदस्यीय प्रदेश कमिटीका लागि ४५० जनाको उम्मेदवारी परेको छ भने उम्मेदवारहरूमध्ये उपाध्यक्षसहित ४९ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा चलेको छ ।













प्रतिक्रिया