७ कार्तिक २०८३, शनिबार

दोलखामा थप ४ किलो सुन बरामद

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १४ असोज । दोलखामा प्रहरीले थप चार किलो तस्करीको सुन बरामद गरेको छ । यसअघि प्रहरीले दुई पटक गरी सात किलो बरामद गरेकामा तेस्रो पटक थप चार केजी बरामद भएको हो ।

बिगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा प्रहरीले चार किलो सुन बरामद गरेको हो । सुन तस्करी गरी लुकाउने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेका छन् ।