२९ आश्विन २०८३, बिहिबार

६५३ केजी रक्त चन्दनसहित आठ जना पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १४ असोज । ६५३ केजी भन्दा बढी रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका–३ बस्ने २६ वर्षीय टीकाराम पाण्डे र अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत आठ जना छन् ।

उनीहरूलाई आज आइतबार बिहान बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ६५३ किलो १८८ ग्राम रक्तचन्दनजस्तो देखिने काठ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना. ५ ख ७३८२ नम्बरको ट्रकमा ६१६ किलो ९७० ग्राम र लु. २ च १६३९ नम्बरको पिकअपमा ३६ किलो २१८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टीकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवामा बुझाइएको छ ।