७ कार्तिक २०८३, शनिबार

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिस्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्वि फिर्ताको माग गर्दै रास्वपाले बैठक नै बहिष्कार गरेको हो ।

चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा सभापति रवि लामिछानेले आपत्ति जनाए ।

‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौँ। थप कार्यक्रम बारे जानकारी दिनेछौँ,’ उनले भने ।