२७ कार्तिक २०८३, शुक्रबार

सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ: रवि लामिछाने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले मुल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धिप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले यसको विरोध स्वरूप आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक आफूहरुले बहिस्कार गरेको समेत बताएका छन् ।

पछिल्लो दिनहरुमा बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि बढ्दा उपभोक्ता मारमा परेका छन् ।