२९ आश्विन २०८३, बिहिबार

‘चिनी उद्योगबाट सुख्खायाममा ९० मेगावाट विद्युत उत्पादन हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetकाठमाडौं, २० जेठ । उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।

उद्योगमन्त्रीको पहलमा चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने सम्भावनाको अध्ययन भएको थियो ।

मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिको बैठकमा उद्योग मन्त्रालयको पहल तथा उर्जा मन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने’ प्रस्ताव बुधबार पेस भई स्वीकृत भएको छ ।
‘
हाल सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले बार्षिक झण्डै ३० लाख टन उखु पेल्छन । जसको खोस्टाबाट अत्यधिक लोडसेडिङ हुने पौष, माघ र फाल्गुण महिनामा चिनी उत्पादन सँगसँगै विद्युत पनि उत्पादन गरी उद्योगको आफ्नो खपतबाट उब्रेको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्न सकिन्छ’-मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले देशमा जलविद्युतको उत्पादन न्यून हुने सुख्खा याममा अतिरिक्त विद्युत उत्पादन गर्न सकिने र सोबाट दुई घण्टा लोडसेडिङ्ग न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

साथै उद्योगमन्त्री बस्नेतले चिनी उद्योगमा हाल खेर गइरहेको उखुको खोस्टाको राम्रो सदुपयोग र व्यवस्थापन गरी छिमेकी देश भारत लगायत अन्य देशमा समेत चिनी उद्योगमा विद्युतको सह–उत्पादनको सफल प्रयोग भइसकेकाले नेपालमा पनि यस्तो सह–उत्पादनलाइ प्रवद्र्धन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

साथै उहाँले हिँउदको सुख्खा मौसममा बार्षिक करिब १ अर्ब १८ करोड युनिट विद्युत उर्जा जलविद्युत गृहबाट उत्पादन भइरहेको स्थितिमा थप लगानी सहितको चिनी उद्योगको सह–उत्पादनले उक्त उत्पादनको झण्डै १८५ योगदान गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

‘सञ्चालनमा रहेका चिनी उद्योगहरुका साविककै संरचनाबाट पनि झण्डै १०-१२ मेगावाट विद्युत तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुन सक्छ, जसबाट बर्षको करिब २ करोड युनिट विद्युत उर्जा उपलब्ध हुन सक्छ, जुन नेपाल विद्युत प्राधिरणले आफ्ना डिजेल प्लान्टहरुबाट उत्पादन गदैँ आएको सम्पूण विद्युत उर्जाको झण्डै दोब्बर हुन आउँछ । यति मात्र विद्युत राष्ट्रिय प्रणालीमा ल्याउन खासै ठूलो लगानीको जरुरत पर्दैन र करिब छ महिनाको समयमा काम सम्पन्न गर्न सकिन्छ ।

यस बाहेक, केही थप लगानी र मेशिन, उपकरणमा समान्य संरचनागत सुधार गरेर डेढ/दुई बर्षभित्र करिब ३० देखि ४० मेगावाट विद्युत (वार्षिक झण्डै १२ करोड युनिट) राष्ट्रिय प्रणालीमा आपूर्ति हुन सक्छ ।

अझ थप केही पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने दुईदेखि चार बर्ष भित्र ६३-८७ मेगावाट (बार्षिक २६ करोड युनिट) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्छ’ ‘चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने’ प्रस्तावमा उल्लेख छ ।