१ कार्तिक २०८३, शनिबार

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदमा क्रिकेट अन्तर्गत नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए ।  गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए ।

त्यसैगरी आसिफ शेखले ६, विनोद भण्डारीले १३, सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले अविजित १ रन बनाएका थिए ।