
काठमाडौं, १३ असोज । सरकार र आन्दोलनरत चिकित्सकबीचच सहमति भएको छ। आज गृहमन्त्रालयमा भएको वार्तामा सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको हो ।
सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने उल्लेख छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही चलाउने लगायतका सहमति भएको हो ।
सहमतिपत्र–
















प्रतिक्रिया