
काठमाडौं, १३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुन बरामद भएको छ ।
शुक्रबार साँझ विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा २.७ केजी सुन बरामद भएको हो । फ्लाइ दुबईको जहाजबाट आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो।
सुन कहाँबाट ल्याइएको भन्ने खुलेको छैन । महिलालाई विमानस्थल भन्सार कार्यलयमा बुझाइएको छ।
थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया