७ कार्तिक २०८३, शनिबार

सरकारले संसदलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न खोज्यो: एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसद बैठकलाई द्वन्द्व र मुडभेडतर्फ धकेल्न खोजेको बताएका छन् ।

सुन तस्करी प्रकरणको छानबिनका लागि सरकार र प्रतिपक्षी दलहरूबीचको सहमतिमा सरकारले धोका दिएर मुडभेटतर्फ धकेल्न खोजेको बर्तौलाले बताएका हुन् ।

‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै । तर सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेट तर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोका धडी र आपसी अन्तर्विरोध पथमा लैजाने चेष्टा गर्दैछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सहमतिलाई संसदको बैठकले अनुमोदनसमेत गरेको तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार नभएर मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गरिरहेको उनको भनाइ छ ।

सरकारले अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी दलमाथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरहेको उनको धारणा छ ।