
काठमाडौं, १३ असोज । नेपालले अब भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न पाउने भएको छ ।
नेपालले पहिलोपल्ट रियल टाइम मार्केटमा बिजुली बिक्री गर्न पाउने भएको हो । यसअघि भारतमा प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि ९डे अहेड० बिडिङ गरी बिजुली बेच्दै आएको थियो । अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।
भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत् आयातरनिर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।















प्रतिक्रिया