
काठमाडौं, १२ असोज । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत रानीवास भोजपुरका भुपाजित राइले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्तिथिमा उनको परिवारलाई नगद रू. एक लाख हस्तान्तरण गरेको हो ।
बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज ८ गते सोमबार भएको लक्की–ड्रमार्फत रानीवास भोजपुरका राईले नगद रू. एक लाख जितेका थिए ।
नेपालकै अग्रणी डीटीएच सेवाप्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की–ड्रमार्फत नगद रू. एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रू. दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।













प्रतिक्रिया