२९ आश्विन २०८३, बिहिबार

३५ जना अनाथ बालबालिकाले सार्वजनिक गरे पाख्रिनको ‘धुन’ (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । गायिका रमला पाख्रिनको गीत ‘धुन’ सार्वजनिक गरिएको छ ।

एकीकृत समृद्धि नेपाल बाल आश्रममा आश्रित अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो ।

आज शुक्रबार काठमाडौंको तारकेश्वरमा अवस्थित आश्रममा आश्रित ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्त रूपमा गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा पाख्रिनले आफ्नो गीत गाएर सुनाएकी थिइन् भने बालबालिकाहरू नाचगान गरेर रमाएका थिए ।

द्वन्द्व पीडित तथा अति विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका बिभिन्न उमेर समुहका बालबालिकाहरू रहेका छन् । विगत १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरूको शिक्षा सहित गाँसबासको व्यवस्था गर्दै आएको छ । गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झण्डै एक महिना पुग्ने खाद्यान्न समेत हस्तान्तरण गरेकी थिइन् ।

गायिका पाख्रिनको यो कदमले आफुहरूको पवित्र समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भिम रोका मगरले बताएका छन् ।

सार्वजनिक गीतमा पाख्रिन र कमल खत्रीको स्वर र खत्रीकै शब्द तथा संगीत रहेको छ । यस्तै राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा मिरुना मगर र घनश्याम घलेको अभिनय, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

लोक भाकाका विभिन्न बिधाका छ सय भन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरूमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शीरैमा शीरफूल’, ‘सोह्र नपुग्दै’लगायत रहेका छन् ।