
काठमाडौं, १२ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फट्टेस्थित बाटोको छेउमा लगाएको पर्खालबाट मेलमची खोलामा हाम फालेका एक पुरुषको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।
जिल्लाको हेलम्बु गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका ६ महांकाल बस्दै आएका ६४ वर्षीय विष्णु प्रसाद गजुरेलको शव फेला पारिएको सशस्त्र प्रहरीका सहायक प्रवक्त प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार गजुरेलले हिजो बिहीबार सो खोलामा हाम फाली बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मेलम्चीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयाँलको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको शव मेलम्चीको ढकालखहरे स्थित ईन्द्रावती खोलाको बीच भागमा फेला पारेको हो ।













प्रतिक्रिया