काठमाडौं । विहानको समयमा सेक्स गर्दा ठूलो स्वरमा कराएपछि एक महिलालाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।
व्रिटेनको शहर बर्मिंघममा अदालतको सेक्सको बेला ‘ठूलो आवाज’ ननिकाल्न दिएको आदेश उल्लंघन गर्ने महिलालाई जेल पठाइएको हो । बर्मिंघमको स्माल हीथ इलाकामा बस्दै आएकी गैमा वेललाई सेक्स गर्दा ठूलो स्वर निकालेर ‘डिस्टर्ब’ गरेको भन्दै दुई हप्ता जेलमा राखिएको हो ।
न्यायधीशले भनेका छन्-‘सेक्स गर्ने समयमा कराएर’ अदालतले समाज विरोधी व्यवहारको सम्बन्धमा दिएको आदेशको उल्लंघन गरिन् र छिमेकीलाई ‘डिस्टर्ब’ गरिन् ।
एक छिमेकीको उजुरीपछि बर्मिंघम सिटी काउन्सिलले महिलाविरुद्ध कानूनी कारवाही गरेको थियो । न्यायधीश एमा कैलीले यो पनि भने कि महिलाले आफ्नो ब्वाइफ्रेण्डसँग बहस गरेर अफ्नो घरमा हल्ला गरेर अदालतको आदेशको उल्लंघन गरिन् ।
उनीविरुद्ध उजुरी हालेपछि छिमेकीले भनेका छन्-‘गैमा सेक्सको बेला ठूलो स्वर निकालिरहेकी थिईन् । यो कराउने क्रम करिब १० मिनेटसम्म चल्यो र हाम्रो निद्रा खुल्यो ।’
न्यायधीशले भनेका छन्-‘म यो कुराबाट सन्तुष्ट छु किनकी २९ जनवरीको विहान करिब पाँच बजे अभियुक्त महिला सेक्सको बेला कराएर ठूलो स्वरमा आवाज निकालेकोमा दोषी छिन् । उनको आवाज यती ठूलो थियो कि छिमेकीलाई समेत डिस्टर्ब भयो ।’













प्रतिक्रिया