७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।

उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि ५२ वर्षीय कार्कीलाई अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उनले शारीरिक अस्वस्थता महसुस गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाईशुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत नदेखिएको अस्पतालले जानकारी दिएको छ ।

ओखलढुंगाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए।