
बारा, ११ असोज । नेकपा एकीकृत समाजवादी (नेकपा एस) छोडेर दुई दर्जन भन्दा धेरै नेता तथा कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन् ।
आज बिहीबार बाराको सिमरामा जीतपुर–सिमरा उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरू एमालेमा फर्किएका हुन् । एमाले फर्किनेमा जीतपुर–सिमरा–४ का पूर्व वडासदस्य अमिताब चौधरी, श्याम भट्टलगायत रहेका छन् ।
उनीहरूलाई एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल, एमाले सचिव योगेश भट्टराई, एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साहलगायतले पार्टीमा स्वागत गरे ।
आफ्ना पुराना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले एमालेको प्रष्ट नीति र सिद्धान्तकै कारण पार्टीप्रति आकर्षण बढ्दो अवस्थामा रहेको बताए । एमालेमा आवद्ध भएर राष्ट्र निर्माणको अभियानमा सहभागी हुन समेत उनले आग्रह गरेका छन् ।
यसअघि असोज ३ गते नेकपा एसका प्रदेश कमिटी सदस्य एवम् जीतपुर–सिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालसहित जिल्ला सदस्य मोटाई चौधरी, हरि जमरकटेल, मनोज राम, रोशन सुवेदीसहितका नेता तथा कार्यकर्ता एमाले अध्यक्ष ओलीको निवासमै पुगेर एमाले प्रवेश गरेका थिए ।
यस्तै भदौ २४ गते नेकपा एसका केन्द्रीय परिषद् सदस्य ईश्वर ढकालसहितका सयौं नेता तथा कार्यकर्ता एमालेमा फर्किएका थिए ।













प्रतिक्रिया