२९ आश्विन २०८३, बिहिबार

एमाले बागमतीको प्रथम अधिवशेन : केशव पाण्डेद्वारा उम्मेदवारी फिर्ता, कसलाई गरे समर्थन ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आन्तरिक छलफलपछि उनले आज बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हो ।

उम्मेदवारी फिर्ता लिएपछि पाण्डेले आफूले अर्का प्रत्यासी कैलाश ढुंगेललाई समर्थन गर्ने घोषणा समेत गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी फिर्ता लिए पनि अध्यक्षमा अझै चार जनाको उम्मेदवारी कायम छ ।

अध्यक्षका उम्मेदवारहरूमा कृष्ण दाहाल, केशव बहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल र सानु कुमार श्रेष्ठ छन् । आज साँझ ६ बजेदेखि मतदान सुरू गरेको तयारी छ ।