२९ आश्विन २०८३, बिहिबार

चितवनमा मान्छेबाट ‘रोबोट’ जन्मियो ! (हेर्नुस फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandip– सन्दिप भट्ट

चितवन, २० जेठ । चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएको छ ।

मंगलवार दिउँसो रत्ननगरको मालपुरकी बबिता मुशहरले जन्माएको बच्चा रोबोट जस्तो छ । गएराती ९ः५० बजे अनौठो बच्चा जन्मिएपछि अहिले अस्पताल परीसरमा हेर्नेको भिड लागेको छ ।

आँखा नभएको बच्चाको दाँत देखिन्छ । बच्चाको शरिर कडा र हात खुट्टा बाँङगीएको छ । नौलो प्रकृतिको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुसन्धानमा लागेका छन् । असामान्य किसिमका बच्चाहरु बेला बेलामा जन्मने भएपनि यस्तो किसिमको बच्चा भने पहिलोपटक जन्मिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताए ।

डा. पोखरेलले गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने वताए । बच्चाको शारीरिक बनावट देखिएपछि शरीर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने डा. पोखरेलले बताए ।

झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भिड लाग्ने गरेको छ । कतिपयले त बच्चालाई पैसा नै दिने गरेका छन् ।