
काठमाडौं, ११ असोज । प्रहरीले सर्लाहीमा जलाउँदै गरेको एक युवतीको शव नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।
जलाउनका लागि घाटमा राखिएको अवस्थामा प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो । युवतीले आत्महत्या गरेको भनिएपनि घटना शंकास्पद देखिएपछि शवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
शवसँगै प्रहरीले युवतीका पतिसहित तीन जनालाई नियन्त्रणमासमेत लिएको छ । नियन्त्रणमा लिइएकामा पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबु रहेका छन् ।















प्रतिक्रिया