२७ कार्तिक २०८३, शुक्रबार

कार्यालय समयमा योग गराउनु राज्य सत्ता, समय र श्रोतको दुरूपयोग हो : भीम रावल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले)का नेता भीम रावलले कार्यालय समयमा योग गराउनु राज्य सत्ता, समय र श्रोतको दुरूपयोग हुनुका साथै गैरकानूनी काम भएको बताएका छन् ।

बुधबार गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय समयमा अनिवार्य १०ः१५ भित्र योग गर्न भनेको थियो । सोही विषयलाई लिएर पूर्वगृहमन्त्री समेत रहेका नेता रावलले राष्ट्र सेवक कर्मचारीले प्रत्येक क्षण देश र जनताको लागि लगाउन आवश्यक रहेको बेला कार्यालय समयमा योग गराउनु राज्य सत्ता, समय र श्रोतको दुरूपयोग हुनुका साथै गैरकानूनी काम भएको बताएका हुन् ।

उनले योग गर्ने कर्मचारी संख्या र समयको हिसाब गर्दा कति कार्य घण्टा खर्च हुन्छ हेर्न र यो कसलाई खुसी पार्न गरिँदै छ भन्दै प्रश्न समेत गरेका छन् ।