
काठमाडौं, १० असोज । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग टाइब्रेकरमा पराजित भएको हो । भारत टाइब्रेकरमा ३–२ गोलले विजयी भयो ।
टाइब्रेकरमा नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले मात्रै गोल गर्न सके । त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरेका थिए ।
यसअघि खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो । पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
अब फाइनलमा भारत र पाकिस्तान भिड्नेछन् । फाइनल शनिबार हुनेछ ।















प्रतिक्रिया