७ कार्तिक २०८३, शनिबार

प्रतिबन्धित औषधीसहित औषधी व्यवसायी पक्राउ (भिडिओसहित)

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । उदयपुर प्रहरीले प्रतिबन्धित औषधीसहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका–७ बेल्टारका गोपी कृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झालाइ प्रतिबन्धित औषधी ट्रामाडोलसहित प्रकाउ गरेको हो । चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ट्रामाडोल डाक्टरको पुर्जी बिना बेचबिखनमा प्रतिबन्धित औषधी हो ।

ट्रामाडोल बेचबिखनको लागि हरेक औषधी पसलले लगबुक राखेर मात्र बेच्नु पर्ने प्रावधान रहेको समेत स्वास्थ्य शाखाले जनाएको छ । गत असोज २ गते नगर स्वास्थ्य शाखाका कर्मचारी सहित प्रहरीको टोलिले झाको मेडिकल हलमा छापा मारेको थियो । झाले संचालन गर्दै आएको गोपी कृष्ण मेडिकल हलमा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार २० ट्याबलेट, स्पासेन २ हजार एक सय ६० ट्याबलेट र ओपिडोल २ हजार एक सय ट्याबलेट सहित प्रहरीले प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

गोपी कृष्ण मेडिकल हलका संचालक विरेन्द्र झा अबैध औषधी सहित पक्राउ परेसंगै स्थानीय स्तरमा अबैध औषधीको ब्यापार गरेर समाज बिगारेको र आफ्ना छोराछोरी अहिले सुधार केन्द्रमा राख्नु पर्ने अवस्थामा पुगेको भन्दै झालाई हदैसम्मको कारवाहीको माग स्थानीयहरुले राख्दै आएका छन् ।

उनीहरुले झालाई कारवाहीको मागसहित प्रशासन समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए । अबैध औषधी बेचबिखनको नियमनकारी निकाय औषधी व्यबस्था बिभाग भएकोले प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि बरामदी औषधी सहित औषधी ब्यवस्था बिभाग बिराटनगर पठाएको छ ।