
काठमाडौं, १० असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत प्रदेशको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको लागि निर्वाचन तालिका परिवर्तन गरिएको छ ।
यसअघि तय निर्वाचन तालिकामा हेरफेर गरिएको हो । जसअनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण गरिएको छ भने ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गरिने भएको छ ।
साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।
नयाँ तालिकाअनुसार राति ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । यस्तै, भोलि बिहान मतदान सुरु हुने। मतदाता नामावली भने यसअघि नै प्रकाशन भइसकेको छ ।















प्रतिक्रिया