७ कार्तिक २०८३, शनिबार

एमाले अध्यक्ष ओलीको आग्रह– डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरप्रतिको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको उल्लेख गर्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका हुनत् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो जीवनमा डाक्तरको ठूलो भूमिका रहेकोसमेत बताएका छन् । डाक्टरको भूमिका आफू स्वयंले जीवनमा महसुस गरेको उनले बताएका छन् ।

‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ,’ उनले लेखेका छन् ।