७ कार्तिक २०८३, शनिबार

हनुमान ढोकामा सामूहिक कुमारी पूजा सम्पन्न (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका परिसरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ ।

प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक बर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ ।

कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै कुमारी पूजा गर्दा उनीहरु रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको स्थानीयहरुको भनाई छ ।

प्रत्येक बर्ष इन्द्रजात्राको अघिल्लो दिन हुने कुमारी पूजालाई २० बर्ष भन्दा बढी समयदेखि निरन्तरता दिइएको कुमारी पूजा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए ।

कुमारीहरुलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ ।