७ कार्तिक २०८३, शनिबार

चिकित्सकहरू आज पनि आन्दोलित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । चिकित्सकहरूले आज पनि काठमाडौंमा विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

चिकित्सकहरूमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन् । आज चिकित्सकहरू माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

स्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्कहरूको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने चिकित्सकहरूको माग छ ।

चिकित्सकहरूले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ? असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।