
काठमाडौं, १० असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम सुरू भएको छ ।
आज बिहान मतदाताहरुको नामावली प्रकाशित गरिएको छ । उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
उम्मेदवारहरुलाई बिहान ११:३० बजेदेखि फारम वितरण गरिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।















प्रतिक्रिया