१ कार्तिक २०८३, शनिबार

नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको विशाल लक्ष्य

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको विशाल लक्ष्य दिएको छ ।

चीनको हाङझाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको हो ।

नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए ।

योसँगै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ ।