
काठमाडौं, १० असोज । नेपाली युवा ब्याटर कुशल मल्लले टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
१९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन् ।
यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।
भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।















प्रतिक्रिया