२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : माधव–बाबुरामलाई मुद्दा नचलाउनुको कारण माग, सरकारले ढाँट्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा किन नचलाएको भन्दै सरकारसँग जवाफ माग गरेको छ ।

आज मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको कारण माग गरेको हो । पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भयो भनेर सरकारले जनतालाई झूट बोलिरहेको बताएका छन् । कोरोना भाइरसको प्रकोपपछि नेपालको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

हेरौँ दिनभरमा मुख्य–मुख्य समाचारहरू–