
काठमाडौं, ९ असोज । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ई: सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भए पनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो ।
ई: ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि आज महानगरले वार्तामा बोलाएको थियो । तर, वार्ता भने विफल भएको छ ।













प्रतिक्रिया