२९ आश्विन २०८३, बिहिबार

एमाले कर्णाली प्रदेश अधिवेशन भोलि उद्घाटन हुँदै, सबै तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ९ असोज । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनले अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज विमानस्थल झरेर गाडीमार्फत सुर्खेत आउने जानकारी पनि दिएका छन् ।

रत्नराजमार्ग अवलोकन गर्दै अध्यक्ष ओली सुर्खेतमा हुने अधिवेशनको भोलि बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने तयारी छ ।

अधिवेशनमा १० जिल्ला र मोर्चासंगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा १९५ जना महिला र ४०७ पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ ।

साथै, बिहीबार बिहान ८ बजेदेखि बन्दसत्र सुरू हुनेछ ।