२९ आश्विन २०८३, बिहिबार

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कृत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

अर्घाखाँची, ९ असोज । अर्घाखाँचीका ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय रामबहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।