१६ कार्तिक २०८३, सोमबार

उनले सयौँलाई बचाए तर आफैलाई बचाउन सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subek-Shrestha

काठमाडौँ, २० जेठ । केही महिना अघिमात्रै क्याप्टेनमा बढुवा भएका सुबेक श्रेष्ठ कम्ती खुसी थिएनन् । उनी बढुवा भएको बेलाको तस्वीरले भन्छ, उनीमा छुट्टै उत्साह र कर्तव्यबोध थियो । बढुवा पाएपछि माउन्टेन एयरले गरेको औपचारिक कार्यक्रममा होस् या त्यसपछि हेलिकप्टरका अगाडि उभिँदा उनीमा जीवनको एकखाले उत्साह देखिन्छ । २७ बर्षीय जोशिला सुबेक काम भनेपछि मरिमेट्थे, सोहीकारण उनले छोटो समयमै बढुवा पनि पाए ।

Subek-Shrestha3

भूकम्पका बेला झन उनी अहोरात्र खटे । गोरखाको बारपाकदेखि विभिन्न जिल्लामा भूकम्पबाट घाइते सयौँको उद्दार तथा राहत वितरणमा खटिए । सयौँ घाइतेलाई उद्दार गरी ज्यान जोगाएका सुबेकले मंगलबार आफैलाई जोगाउन सकेनन् । २७ बर्षको कलिलो उमेरमै सिन्धुपाल्चोकको यमुनाडाडा गाविस–८ शीलापर्वतमा उनको जीवनलाला समाप्त भयो ।

Subek-Shrestha2

उनले उडाएको माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ कलसाइनको हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोँक्किदा सुबेकसहित चार जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा डा. सन्दिप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र हल्यान्डकी नागरिक जेसिका छन्। सुबेकले २ बजेर ३७ मिनेटमा अन्तिमपटक त्रिभुवन बिमानस्थलको टावरलाई खबर गरेका थिए । त्यस लगत्तै हेलिकप्टर दुर्घटनामा परेको थियो । माउन्टेन एयरका क्याप्टेन नोर्बु शेर्पाका अनुसार भूकम्पपीडितको राहतका लागि काठमाडौँबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।
Subek-Shrestha1

सुबेकको निधनले भक्तपुरस्थित उनको परिवार शोकमा डुबेको छ । शोककै कारण माउन्टेन एयरले बुधबार आफ्नो उडान बन्द गरेको छ ।
हेर्नुस् दुर्घटनास्थलको भिडियो:
https://www.youtube.com/watch?v=CqiBAYnLYYI